बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा देउवाको कार्यक्रमलाई लक्षित गरेर बम विस्फोट, म्यादी प्रहरी सहित ८  घाइते

मङ्गलबार, १२ मङ्सिर २०७४, १८ : ३१
मङ्गलबार, १२ मङ्सिर २०७४

तुलसीपुर । दाङको तुलसीपुरमा मंगलबार साँझ बम विष्पोट हुँदा म्यादी प्रहरी सहित ८ जना घाइते भएका छन् । 

घाइते हुनेमा तुलसीपुर–१८ बस्ने म्यादी प्रहरी विनोद चौधरी, तुलसीपुर–१८ की २३ बर्षीय जेनी वली, शान्तिनगर गाउँपालिका–२ का ५० बर्षिय हिमलाल राम्जाली, बबई गाउँपालिका–६ का ३६ बर्षिय नेबबहादुर खत्री, १८ बर्षीया सुनिता चौधरी, सल्यान थारमारेकी ४० बर्षीया देवी डीसी, सल्यानको ढोरचौरकी ४५ बर्षीया नरवनी बुढा, घाइते भएका छन् ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको र थप उपचारकालागी नेपालगञ्ज रेफर गरिएको राप्ती अञ्चल अस्पतालले जनाएको छ । बम बिस्फोट गराउने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

नेपाली कांग्रेस दाङले तुलसीपुरको अरनीको मैदानमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्न आएका प्रधानमन्त्री शेरवहादुर देउवा कार्यक्रम स्थल प्रवेश गर्नै लाग्दा बम विष्पोट भएको हो । 

चुनावीसभा आयोजना गरेको करिब दुई सय मिटर टाढाको दुरीमा बम विष्पोट गराएको बताइएको छ । 

बम विष्पोट गराउनेको खोजीकार्य जारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाशचन्द्र गुप्ताले जानकारी दिए  । बम विस्फोट लगत्तै भागाभाग भएको भएको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओपेन्द्र बस्नेत
ओपेन्द्र बस्नेत
लेखकबाट थप