शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सत्य निरुपण तथा मेलमिलाप आयोगमा ६३ हजार ७१८ वटा उजुरी, २ हजार २६८ उजुरी तामेलीमा

बिहीबार, २० वैशाख २०८१, १७ : २४
बिहीबार, २० वैशाख २०८१

काठमाडौँ । सत्य निरुपण तथा मेलमिलाप आयोगमा ६३ हजार ७१८ वटा उजुरी परेका छन् ।  बिहीवार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आयोगका सचिव उदयराज सापकोटाले यसबारेमा जानकारी गराएका हुन् । 

उनकाअनुसार एउटै घटनाको उजुरीहरु धेरै छन् । उनले उजुरी भन्दा पनि घटनाका विषयहरुलाई हेरेर जानुपर्नेमा जोड दिए । 

सापकोटाले जिल्ला तहमा हेर्दा सल्यानमा ५ हजार ५०२ वटा उजुरी परेको बताए । उनले अछाम र कपिलवस्तुमा ४ हजार भन्दा बढी उजुरी परेको र ३ हजार भन्दा माथि उजुरी भएको जिल्ला एउटा र दुई हजार भन्दा माथि उजुरी भएका एउटा जिल्ला रहेको बताए । 

उनले एक हजार माथि उजुरी भएका जिल्ला १३ वटा रहेको बताए । उनले सामान्य प्रकृतिका उजुरीहरु बढि रहेको पनि बताए । उनले अहिले २ हजार २६८ उजुरीहरु तामेलीमा राखेको र केही उजुरी पुनः जगाउन पाउँ भनेर निवेदन आएको अवस्था रहेको बताए । 

उनले भने, ‘सार्वजनिक सुनुवाई र मेलमिलाप सबैभन्दा ठूलो कुरा हो । मेलमिलाप हुनसक्ने खालका घटनाहरु मेलमिलापकै रुपमा जानुपर्छ । किनभने दुवै पक्ष अहिले मेलमिलाप भएर जिल्लामा, गाउँमा बसिसकेको छ, त्यसलाई हामीले त्यो भन्दा बढी कसरी सुदृढ गरेर लैजानुपर्छ भन्ने छ ।’
उनले घटना किन भयो र त्यो घटना हुनुको पछिको तात्पर्य के हो भनेर हेर्न उजुरीहरुको निरुपण हुन जरुरी रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप