सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीलाई गगनको ब्यङ्ग्य : आफूलाई क्विन्टल भन्नेले छटक र पाउ समेत बोकेर हिँडेको छ

बुधबार, १४ वैशाख २०७९, ११ : ००
बुधबार, १४ वैशाख २०७९

नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि कटाक्ष गरेका छन् । आफूलाई क्विन्टल भएको दाबी गर्दै गठबन्धन दललाई धारे हात लगाउने तर आफै भने सिके राउतदेखि विप्लव समेतका पाउ र छटक बोकेर हिँड्ने भन्दै व्यङ्ग्य गरेका हुन् । 

बुधबार काठमाडौंँमा भएको कार्यक्रममा बोल्दै महामन्त्री थापाले भने–‘हामीलाई गठबन्धन ग¥यो भनेर धारे हात लगाउने र आफूलाई क्वीन्टल भन्ने तर आफ्नो लागि पाउ छटाक खोजेर हिँडेको छ । एउटा रङसँग एकातिर मिलेको छ, अर्को रङसँग अर्कोतिर मिलेको छ । त्यहाँ हे¥यो भने परिवार दलदेखि विप्लव समूहसम्म, सिके राउतदेखि कोही बाँकी छोडेको छैन् भ्याएसम्म ।’​

​उनले काठमाडौंमा एमाले अध्यक्ष ओलीले ठूला कुरा गरेपनि जिल्लामा भने एमालेका नेताहरु गठबन्धनबाट फाइदा लिन ढोका कुरेर बस्ने गरेको आरोप लगाए । उनले भने–‘अझ मैले देखेको छु, गठबन्धन दलको बैठक बाहिर एमालेको स्थानीय नेता ढुकेर बसेको हुन्छ, कहाँनिर कुरा बिग्रिन्छ भनेर । कुरा बिग्रियो कि हामीसँग जाँउ न उसले ५ दियो ६ दिन्छौँ नी । यसले ६ दियो ७ दिन्छौँ नि । उसले उपमेयर दियो मेयर दिन्छौँ नी भनेर ढुकेर बसेको छ । यहाँ चाँही ठूलो नेता धारे हात लगाएर गठबन्धन–गठबन्धन भन्नुहुन्छ । उता जिल्लामा एमाले उम्मेदवारहरूको बेहाल छ ।’ 

उनले अहिलेको स्थानीय चुनावमा सबै दलले आ–आफ्नो दलको चिन्ह लिएर चुनाव लड्नुपर्ने बताए । अहिले गठबन्धन बन्न बाध्य हुनुको कारण दुई तिहाइको कम्युनिष्टको सरकार भएको उल्लेख गरे । उनले भने–‘२०७९ सालको स्थानीय, प्रदेश र संघको निर्वाचन यसरी हुनुहुन्थेन फरक तरिकाबाट हुनुपथ्र्यो । २०७४ सालको चुनावपछि यस्तो अवस्था सिर्जना भयो । स्थानीय तहमा एमालेको बहुमत, संघमा झन्डै २ तिहाई कम्युनिष्ट पार्टी, प्रदेशमा ६ वटा सरकार बन्यो । अब हुने वैशाख ३० र आउँदो मंसिरको चुनाव नेकपाको सरकारले गर्नुपर्ने थियो । ओली, प्रचण्ड, माधव नेपाल वा झलनाथ खनाल प्रधानमन्त्री भएर यो चुनाव गर्नुपथ्र्यो ।’ 

महामन्त्री थापाले प्रश्न गरे–‘अहिले नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेसको बीचमा चुनाव भइरहेको हुनुपथ्र्यो । त्यो अवस्था कसले बिगार्यो । त्यो पाँच वर्षमा के के भयो त्यो हिसाव किताब गर्ने कि नगर्ने ?’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप