बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘गधा सधैँ गधा नै रहन्छ’, इमरान खानले आफ्नाबारे किन यसो भने ?

आइतबार, २५ वैशाख २०७९, १३ : २२
आइतबार, २५ वैशाख २०७९

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान सामाजिक सञ्जालमा निकै ट्रोल भइरहेका छन् । उनले आफूलाई गधासँग तुलना गरेपछि उनी ट्रोलको शिकार भएका हुन् ।

सामाजिक सञ्जालमा भाइरल भएको एउटा क्लिपमा इमरान खानले भनेका छन्, ‘ गधामाथि धर्सो कोरिदिए त्यो जेब्रा बन्दैन । गधा सधैँ गधा नै रहन्छ ।’

वास्तवमा, भिडियोमा इमरान खानले आफू बेलायतमा हुँदाको समय याद गरिरहेका छन् जतिबेला उनी त्यहाँको समाजसँग मिल्न सकिरहेका थिएनन् ।

यो क्लिप हालैको पाकिस्तानी पोडकास्ट कार्यक्रमको भाग हो, जसमा इमरान खानलाई अतिथिको रूपमा निम्तो गरिएको थियो ।

भाइरल भिडियोमा इमरान खान भन्छन्, ‘म पनि त्यो समाजको एक हिस्सा थिएँ । ठूलो स्वागत पनि गरिएको थियो । बेलायती समाजभित्र धेरै कम मानिसहरुलाई यसरी स्वीकार गरिन्छ तर मैले कहिले पनि त्यो ठाउँलाई आफ्नो घर मानिनँ । किनभने म पाकिस्तानी थिएँ । म अङ्ग्रेज त बन्न सक्दिनँ । तपाईंले यदि गधामाथि लाइन कोरिदिनुभयो भने त्यो जेब्रा त बन्न सक्दैन नि । त्यो गधा, गधा नै रहन्छ ।’

इमरान खान इन्टरनेटमा ट्रोल भए :

पाकिस्तानी प्रयोगकर्ताहरूले इमरान खानको यो भनाइलाई इन्टरनेटमा धेरै शेयर गरिरहेका छन् । भिडियो भारतमा पनि अत्यधिक शेयर भइरहेको छ ।

यो भिडियो शेयर गर्दै पाकिस्तानी पत्रकार हसन जैदीले लेखेका छन्, ‘विदाउट कमेन्ट ।’

जियो न्युजका पत्रकार मुर्तजा अली शाहले पनि यो भिडियो ट्विट गर्दै लेखेका छन्, ‘जेब्रा भएको देखावटी गर्ने गधा कहिल्यै जेब्रा बन्न सक्दैनन् ः इमरान खान ।’

जियो न्यूज उर्दूका पत्रकार अब्दुल कय्युम सिद्दिकीले यो भिडियोसँगै लेखेका छन्, ‘लाइनहरु कोर्दा गधा जेब्रा बन्दैन । गधा, गधा नै रहन्छ – पूर्व प्रधानमन्त्री ।’

सामाजिक सञ्जालमा सक्रिय रहने पाकिस्तानी पत्रकार नाइला इनायतले लेखेकी छिन्, ‘गधा, गधा नै रहन्छ ।

के भन्छन् इमरान खान ?

पूरा पोडकास्ट शो हेरेपछि, यो स्पष्ट हुन्छ कि इमरान खान वास्तवमा विदेशी पाकिस्तानीहरू अर्थात् विदेशमा बसोबास गर्ने पाकिस्तानीहरूबारे कुराकानी गरिरहेका छन् र पाकिस्तानका प्रतिभा कसरी बाहिर गइरहेका छन् भन्ने बताइरहेका छन् । ।

पोडकास्टका होस्ट जुनैद अकरमले इमरान खानलाई भने, ‘मेरो एउटा भिडियो हेरेर क्वेटाका बच्चा यति प्रभावित भए कि आज उनी रोजर फेडररका फिजिसियन बनिसकेका छन् । ती बच्चाले पाकिस्तानमा आफूसँग केही पनि नभएको बताएका थिए । उनी देश फिर्ता आउन चाहन्छन् र केही गर्न चाहन्छन् तर उनी कहाँ जाउन् ?’

जुनैद विदेशमा बढ्दो पाकिस्तानीको संख्यामाथि कटाक्ष गर्दै भन्छन्, ‘सायद पाकिस्तानले धेरैभन्दा धेरै मानिसलाई विदेश पठाउने नीति बनाइसकेको छ ताकि त्यहाँबाट पैसा पठाउन सकियोस् र मुलुक चल्न सकोस् ।’

यसबारे पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान भन्छन्, ‘हाम्रो उत्कृष्ट प्रतिभा विदेशमा गएको छ, यसमा कुनै शंका छैन । यहाँको व्यवस्थाले उनीहरूलाई रोक्छ, त्यसैले उनीहरू बाहिर जान्छन् । तर एउटा कुरा याद गर्नुहोस्, बाहिर पाकिस्तानी जतिसुकै सफल किन नहोस् उसले आफ्नो देशमा पाउने जत्तिको मान सम्मान अन्त कतै पाउँदैन ।’

‘म बाहिर क्रिकेट खेल्न जान्थेँ । म पनि त्यो समाजको एउटा हिस्सा थिएँ । त्यहाँ ठूलो स्वागत थियो, जबकी बेलायती समाजमा बाहिरी व्यक्तिलाई सजिलै स्वीकार गरिँदैनथ्यो । तर मैले कहिल्यै त्यसलाई आफ्नो घर ठानिनँ । किनभने म पाकिस्तानी थिएँ । म अंग्रेज बन्न सक्दिनँ । गधामाथि लाइन कार्दा त्यो जेब्रा बन्दैन । त्यो गधा, गधा नै रहन्छ ।’

राष्ट्रिय सभामा अविश्वासको प्रस्ताव हारेपछि इमरान खानको सरकार यस वर्ष अप्रिल १० मा ढलेको थियो । त्यसपछि विपक्षी गठबन्धनका नेता शाहबाज सरिफ पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप