
पैसा बाँड्न लागेको आरोपमा वडाध्यक्षका उम्मेदवारलाई प्रहरीको जिम्मा लगाइयो

स्थानीय तह निर्वाचनको मौन अवधिमा लमजुङमा एमाले उम्मेदवारले मतदातालाई प्रभावित पार्न पैसा बाँड्न लागेको भन्दै स्थानीयले नियन्त्रणमा लिएका छन् । बेसीशहर नगरपालिका वडानम्बर ११ बाट एमालेका वडाध्यक्ष उम्मेदवार बनेका शिवप्रसाद जोशीलाई बुधबार राती स्थानीयले नियन्त्रणमा लिएर प्रशासनलाई बुझाएका हुन् । जोशीको साथबाट १ लाख ३५ हजार रुपैयाँ, माछा पुच्छरे बैंकको चेक र पैसा बाँड्न तयार नामलिस्ट र झोलासहित कागजात भेटिएको थियो ।
प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ