आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बुटवल उपमहानगरको मेयरमा काँग्रेसको अग्रता कायमै, उपमेयरमा राप्रपा अगाडि

शनिबार, ३१ वैशाख २०७९, १४ : ५३
शनिबार, ३१ वैशाख २०७९

रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेपाली काँग्रेसको अग्रता कायमै छ । उपमहानगरमा १४ सय मत गणना गर्दा काँग्रेसका मेयरका उम्मेदवार खेलराज पाण्डेले ६०३ मतसहित अग्रता बनाएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार समेत रहेका काँग्रेसका पाण्डेलाई राप्रपाका मेयरका उम्मेदवार मृगेन्द्र शेरचनले ३०२ मत पाएका छन् । यस्तै नेकपा एमालेका बाबुराम भट्टराई २३९ प्राप्त गरी तेस्रो स्थानमा छन् ।

यता उपप्रमुखमा भने राप्रपाका भगवती पाण्डेले ३१९ मत पाएकी छन् । राप्रपाकी पाण्डेलाई एमालेकी सावित्रा अर्यालले २९४ का साथ पछ्याइरहेकी छिन् । यस्तै एकीकृत समाजवादीबाट उपमेयरमा गठबन्धनका साझा उम्मेदवार चिनबहादुर गुरूङले २४३ पाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप