आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जनकपुरमा स्वतन्त्रको अग्रता कायमै

शनिबार, ३१ वैशाख २०७९, १६ : ५५
शनिबार, ३१ वैशाख २०७९

जनकपुर उपमहानगरको जारी मतगणनामा प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज साहले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । साहले ९७९ मत गणना हुँदा ३२९ (घण्टाघर) मत पाएर अग्रता लिएका छन् । उनलाई एमालेका उम्मेदवारले १२५ मतका साथ पछ्याइरहेका छन् । 

तेस्रो मत पनि स्वतन्त्र उम्मेदवार (आँप) ले ७५ र लोसपाका उम्मेदवारले ५७  तथा गठबन्धनका साझा उम्मेदवारले ४८ मत पाएका छन् ।  उपमेयरतर्फ काँग्रेसका उम्मेदवार किशोरी साहले भने ३८६ मत पाएका छन् । उनलाई एमालेका उम्मेदवारले १४९ मतका साथ पछ्याइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप