आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

धरानमा गठबन्धन अगाडि, एमाले तेस्रो स्थानमा

शनिबार, ३१ वैशाख २०७९, २० : ४१
शनिबार, ३१ वैशाख २०७९

धरान उप–महानगरपालिकामा पाँच दलीय गठबन्धनका प्रमुख र उपप्रमुख  उम्मेदवारले अग्रता कायमै राखेका छन् । गठबन्धनका प्रमुख पदका उम्मेदवार किशोर राईले ३६९ मत पाउँदा स्वतन्त्र प्रमुख उम्मेदवार हर्क साम्पाङले २७५ मत ल्याएका छन् । यता, नेकपा एमालेबाट प्रमुखकी उम्मेदवार मञ्जु भण्डारीले २ सय ३ मत पाएकी छिन् । 

यसैगरी, उपप्रमुखमा पनि गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाले ३९३ मतसहित अग्रता कायम राखेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार पदम इस्वोले २ सय २७ मतका साथ पछ्याइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप