आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

इटहरीको मेयरमा काँग्रेसको अग्रता, उपमेयरमा एमाले अगाडि

शनिबार, ३१ वैशाख २०७९, २१ : ००
शनिबार, ३१ वैशाख २०७९

सुनसरीको इटहरी उप महानगरपालिकामा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले अग्रता लिएका छन् । काँग्रेसका उम्मेदवार पौडेलले  ४७६ मतसहित  सुरुवाती अग्रता लिएका हुन् । 

एमालेका उम्मेदवार याम कुमार चुङ्गवाङ सुब्बाले एमाले ३०९ मतका साथ पौडेललाई पछ्याई राखेको अवस्था छ । उपमेयरमा भने एमाले उम्मेदवार संगीता कुमारी चौधरी ३४९ मतसहित अग्रता लिएकी छिन् ।

यस्तै उपमेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार केशव कुमार विष्‍टले ३१३ मत पाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप