आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जितपुर सिमराको मेयर–उपमेयरमा गठबन्धन अगाडि, पछ्याउँदै एमाले

शनिबार, ३१ वैशाख २०७९, २३ : ०९
शनिबार, ३१ वैशाख २०७९

बाराको जितपुर सिमरा उपमहानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् । गठबन्धनबाट मेयरमा नेकपा माओवादी केन्द्रका राजन पौडेलले पौडेलले १८७६ मतका साथ अग्रता कायम राखेका छन् । 

यस्तै एमालेका सरस्वती देवी चौधरले  १६९० मतका साथ पौडेललाई पछ्याई राखेकी छिन् । उनलाई लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार सञ्जय साहले १०९२ मत प्राप्त गरेका छन् । उपमेयरमा पनि गठबन्धनबाट नेपाली काँग्रेसकी उम्मेदवार मेघा शाहीले १८१७ मतका साथ अग्रता कायम राखेकी छिन् । 

उनलाई एमालेका उम्मेदवार भोला अधिकारीले १७८९ र 
लोसपाका बिपि मोक्तानले ११२९का साथ पछ्याई राखेको अवस्था छ ।
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप