आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जनकपुरमा काँग्रेसका ‘बागी’ हाबी, गठबन्धनका उम्मेदवारको विजोग

शनिबार, ३१ वैशाख २०७९, २३ : १२
शनिबार, ३१ वैशाख २०७९

धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गठबन्धन दलभन्दा बलियो देखिएका छन् । काँग्रेसका बागी उम्मेदवार समेत रहेका मनोजकुमार साह सुडीले ७ सय ९० मत पाएर अगाडि बढेका छन् । उनीभन्दा पछाडि एमालेका शिवशंकर साहले २ सय ५१ मत पाएका छन् । 

लाेसपाका मनोज चौधरीले १ सय ७१ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार बलराम महतोले १ सय ६६ मत ल्याएका छन् । यस्तै सत्ता गठबन्धन दलका तर्फबाट जसपाका उम्मेदवार निवर्तमान नगरप्रमुख लालकिशोर साहले  जम्मा ५३ मत ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप