आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

राप्रपा महामन्त्री धवल शम्शेरको इलाकामा काँग्रेसको अग्रता यथावत

शनिबार, ३१ वैशाख २०७९, २३ : ४७
शनिबार, ३१ वैशाख २०७९

बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार प्रशान्त विष्टले अग्रतालाई यथावत राखेका छन । पछिल्लो मत परिणाम अनुसार नगर प्रमुख पदका उम्मेदवार विष्टले ४ सय १० मत प्राप्त गरेका छन् । यस्तै प्रमुख पदमा नेकपा एमालेका पशुपतिदयाल मिश्रले २ सय ३८ मत पाएका छन् । पहिलो नम्बरमा रहेका विष्ट र दोस्रो नम्बरका मिश्रबीच १ सय ७२ मतको अन्तर छ ।

राप्रपाका महामन्त्री धवलशम्शेर राणाको गृहनगरमा राप्रपाका नन्दलाल बैश्यले २ सय १२ मतका साथ तेस्रो स्थानमा छन् । ०७४ को स्थानीय तह निर्वाचनमा राणा नेपालगञ्जको मेयरमा विजयी भएका थिए । 

यसपटक राणाले मेयर उठ्ने इच्छा नदेखाएपछि राप्रपाले माओवादीका नेता बैश्यलाई चुनावमा मुखमा पार्टी प्रवेश गराएर मेयरको उम्मेदवार बनाएको थियो । यसैगरी उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का कमरुद्धिन राईले ३ सय ७, राप्रपाकी बिन्दु चर्तीमगरले २ सय ५९ र नेकपा एमालेकी शान्ति ढकालले २ सय २६ मत प्राप्त गरेकी छन् । नेपालगन्ज उपमहानगरपालिकाको मत गणना भेरी प्राविधिक शिक्षालय नेपालगन्जमा भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप