आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै

आइतबार, ०१ जेठ २०७९, ०५ : ५३
आइतबार, ०१ जेठ २०७९

कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता जारी राखेका छन् । आइतबार बिहान प्राप्त मतपरिणाम अनुसार जम्मा १९५३ मत गणना हुँदा हमालले ९०९ मत प्राप्त गरेका छन्।

यसैगरी कांग्रेसका नृपबहादुर वडले ५५२ मत प्राप्त गरेका छन्। हमाल र वडबीच ३५७ मतको अन्तर छ। धनगढीमा एमालेका रणबहादुर चन्दले ८३ मत प्राप्त गरेका छन्।

उपमेयरतर्फ माओवादी केन्द्रकी शान्ति अधिकारीले ४५८ मत प्राप्त गरेकी छन्। एमालेकी कन्दकला रानाले २४० र स्वतन्त्र उम्मेदवारले ३११ मत प्राप्त गरेकी छन्।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप