आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कलैया उपमहानगरमा गठबन्धनलाई उछिन्दै एमाले अगाडि

आइतबार, ०१ जेठ २०७९, ०७ : ०४
आइतबार, ०१ जेठ २०७९

कलैया उपमहानगरमा गठबन्धनका उम्मेदवारलाई उछिन्दै नेकपा एमालेका उम्मेदवार विनोद साह अगाडी देखिएका छन् । उपमहानगरको वडा नं १ र २ मा भइरहेको मतगणनामा एमालेका उम्मेदवार विनोद साहले एक हजार १७७ मत ल्याएका छन् भने प्रमुखमा गठबन्धनका साझा उम्मेदवार राजेश राय यादवले ६११ मत ल्याएका छन् । 

त्यस्तै उपप्रमुखमा एमालेकी उम्मेदवार रौशन प्रवीणले ९५७ मत ल्याएकी छिन् भने गठबन्धन तर्फका उपप्रमुखका उम्मेदवार प्रमोद गुप्ताले ६०२ मत ल्याएका छन् । उपमहानगर वडा नं १ कलैया बजार क्षेत्र एमालेको पुरानो गढ क्षेत्र हो । कलैया उपमहानगरका सहायक निर्वाचन अधिकृत इन्द्र कुमार योङहाङले असाध्यै सुस्त गतिमा मत गणना भइरहेको गुनासो गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप