आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार सिंह अगाडि

आइतबार, ०१ जेठ २०७९, ०९ : ३२
आइतबार, ०१ जेठ २०७९

वीरगञ्ज महानगरपालिकामा गठबन्धनको तर्फबाट नगरप्रमुखका उम्मेदवार राजेशमान सिंहले १ हजार ५०७ मत ल्याएका छन् उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजयी सरावगीले ६६८ मत ल्याएका छन् । उपप्रमुखमा गठबन्धनका उम्मेदवार  ईम्तियाज आलमले एक हजार १२ मत ल्याएका छन् भने एमालेसँग गठबन्धन गरेको लोसपाका उपप्रमुखका उम्मेदवार पुरुषोत्तमलाल झाले १६० मत ल्याएका छन् ।

तेस्रो स्थानमा रहेका राप्रपाका प्रमुख उम्मेदवार गिरीश गिरीले ४१, उपप्रमुखकी उम्मेदवार विना जयसवालले ५५ मत ल्याएकी छिन् । महानगरमा पछिल्लो तीन हजार ७६ मत गणना हुँदा प्रमुखमा ८१६ र उपप्रमुखमा एक हजार ६४३ मत बदर भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप