आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जीतपुर सिमरामा गठबन्धनका उम्मेदवारको अग्रता कायमै

आइतबार, ०१ जेठ २०७९, ०९ : ५२
आइतबार, ०१ जेठ २०७९

जीतपुर सिमरा उपमहानगरमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहेको छ । सिमरास्थित नेपाल राष्ट्रिय माविमा भएको मतगणनामा गठबन्धनका उम्मेदवार राजन पौडेल ३ हजार ७०१ मत ल्याएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी एमालेकी सरस्वती चौधरीले २ हजार २४६ मत ल्याएकी छिन् । 

त्यस्तै उपप्रमुखमा गठबन्धन तर्फकी उम्मेदवार मेघा शाहीले ३ हजार ५५२ मत ल्याएकी छिन् भने एमालेका उम्मेदवार भोला अधिकारीले २ हजार ४२० मत ल्याएका छन् । मतगणनामा तेस्रो स्थानमा रहेको लोसपाका प्रमुखका उम्मेदवार सञ्जयकुमार साहले १ हजार २६८ र उपप्रमुखमा विपि मोक्तानले १ हजार १७२ मत ल्याएकी छिन्  । उपमहानगरको हालसम्म वडा नं  २३, २४ र वडा नं १ को मत परिणाम सार्वजनिक भइसकेको छ भने वडा नं २ र २२ गणना भइरहेको छ । वडा नं २४ र १ मा नेपाली काँग्रेसका वडाध्यक्ष विजयी भएका छन् भने वडा नं  २३ मा नेकपा एमालेले खाता खोलेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप