वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार सिंह २ हजार ८ सय मतले अगाडि, उपप्रमुखमा बदर मत धेरै
पर्सा । वीरगञ्ज महानगरपालिकामा पाँच दलीय गठबन्धनका महानगर प्रमुखका साझा उम्मेदवार राजेशमान सिंह र एमालेका विजयकुमार सरावगीबीचको मतान्तर फराकिलो बन्दै गएको छ ।
साँझ सवा ६ बजेसम्म ७ वटा वडामा भएको मतगणनामा गठबन्धनका साझा उम्मेदवार सिंह सरावगीभन्दा २ हजार ८२७ मतले अगाडि छन् । वडा नम्बर १, २, ३, ४, ३०, ३१ र ३२ गरी ७ वटा वडामा १० हजार ४८१ मत गणना गर्दा
सिंहले ५ हजार १३३ मत ल्याएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी सरावगीले २ हजार ३०६ मत ल्याएका छन् । महानगर प्रमुखमै राष्ट्रिय प्रजातन्त्र पार्टीका गिरीश गिरीले १५३ मत ल्याएका छन् । हालसम्म प्रमुख पदमा २ हजार ७८६ मत बदर भएको छ ।
यसैबीच उपप्रमुखमा गठबन्धनका उम्मेदवार इम्तियाज आलमले अग्रता कायमै राखेका छन् । आलमले ३ हजार ३५९ मत ल्याउँदा एमालेसँग गठबन्धन गरेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका पुरुषोत्तमलाल झाले ५४९ मत प्राप्त गरेका छन् । उपप्रमुखमा राप्रपाकी बिना जैसवाल कुर्मीको मत २४९ छ भने स्वतन्त्र उम्मेदवार रम्भा मिश्राको ३३५ मत रहेको वीरगञ्ज महानगरपालिकाका प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले जनाएका छन् ।
उपप्रमुखमा ४ हजार ५६८ मत सदर हुँदा ५ हजार ९१३ मत बदर भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मतदानका दिन यी सवारी साधनलाई हुँदैन रोकावट
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
-
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
-
पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न
-
अफगानिस्तानमा बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त