डडेल्धुराको परशुराम नगर जोगायो काँग्रेसले, २८ वर्षीय जोशी बने मेयर
डडेल्धुराको परशुराम नगरपालिका प्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका भरत बडायर जोशी मेयर पदमा निर्वाचित भएका हुन् । २८ वर्षीय जोशीले माओवादी केन्द्रका शेरसिंह माललाई १३६ मतान्तरले पराजित गरेका हुन् ।
काँग्रेसका नगर सभापति समेत रहेका जोशीले ५ हजार ९४१ ल्याउँदा माओवादी केन्द्रका मालले ५ हजार ८०५ मत पाए । यस्तै नेकपा एमाले र नेपाली काँग्रेस विपीका साझा उम्मेदवार उम्मेदवार एमालेका केशव बोहराले २ हजार ६०६ मत मात्रै पाए ।
उपमेयरमा भने माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रकी विमला महतले काँग्रेस उम्मेदवारलाई पराजित गरेकी हुन् । महतले ५ हजार ८८५ मत ल्याउँदा काँग्रेसकी कलावती बोहराले ४ हजार ५९३ मत मात्र पाइन् ।
परशुरामका १२ वडामध्ये ७ वडामा माओवादी केन्द्र र ५ वडामा काँग्रेस विजयी भएको छ। प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराको परशुराम नगरपालिका जोगाउन काँग्रेस सफल भएको छ ।
माओवादी केन्द्रका उम्मेदवारसँग कडा टक्करका बीच जोशीले बाजी मारेका हुन् । ०७४ को निर्वाचनमा पनि काँग्रेसका भीमबहादुर साउद मेयर निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल