शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरमा रेनुले बनाइन् २२६७ मतको अग्रता

बुधबार, ०४ जेठ २०७९, २० : ५५
बुधबार, ०४ जेठ २०७९

भरतपुर महानगरपालिकाको मेयर पदमा माओवादी केन्द्रकी नेतृ रेनु दाहालले २२६७ मतको अग्रता बनाएकी छन् । बुधबार राति पौने ९ बजेको अध्यावधिक विवरण अनुसार उनको मतान्तर थप बढेको हो । 

भरतपुरमा आजसम्म ३२२९३  मतगणना सम्पन्न भएको छ । जसमा रेनु दाहालले ११९६६ मत पाउँदा पछिपछि रहेका एमालेका उम्मेदवार विजय सुवेदीले ९६९९ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५२३५ मत पाएका छन्।  

यसैगरी उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले १४१६६ मत पाएका छन् । यस्तै राप्रपाकी हिमला गुरुङले ७८७० मत पाएकी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप