मुख्य सचिव अर्यालको टोली छिन्नमस्तामा
शनिबार, २९ वैशाख २०८१, १९ : ०८

काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव बैकुण्ठ अर्यालसहितको टोलीले राजविराजस्थित छिन्नमस्ता गाउँपालिकाको भ्रमण गरेका छन् । आज छिन्नमस्ता आएका उनले सखडा भगवतीको दर्शनसँगै पालिका जनप्रतिनिधिसँग छलफल गरेका छन् ।
छलफलका क्रममा अर्यालले पालिकाको सर्वाङ्गीण विकासका निमित्त आफूहरू हरेक क्षण तयार रहेको प्रतिबद्धता जनाएको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए । पालिकाको गौरवको आयोजना सञ्चालन गर्न उनीहरू सहयोग गर्ने प्रतिबद्ध रहेको अध्यक्ष चौधरीले बताए ।
टोलीमा मुख्य सचिव अर्यालसहित, प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद शर्मा, अर्थ मन्त्रालय बजेट माहाशाखाका उपप्रमुख उत्तरकुमार खत्री, आन्तरिक राजस्व कार्यालय इटहरीका प्रमुख खेमराज ओझासहितका व्यक्तिहरू रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानले सीमा रेखामा आक्रमण थालेपछि भारतीय सेना वायु, समुद्र र स्थलमा हाई अलर्ट
-
आज वैशाख शुक्ल एकादशी : मोहिनी एकादशीको व्रत गरिँदै
-
च्याम्पियन्स लिगको उपाधि भिडन्त इन्टर मिलान र पीएसजीबीच
-
आज कुन देशको मुद्राको मूल्य कति ?
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित