ट्रान्सजेन्डर महिलाको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता हुने

काठमाडौँ । यौनिक तथा अल्पसङ्ख्यक (ट्रान्सजेन्डर) महिलाहरूको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता हुने भएको छ । निलहिरा समाजले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा यौनिक तथा अल्पसङ्ख्यक महिलाहरूको क्षमता अभिवृद्धिका लागि आगामी जेठ ३ गते प्रतियोगिता गर्न लागिएको समाजका सदस्य सिम्रन शेरचनले जानकारी दिए ।
यौनिक तथा अल्पसङ्ख्यक समुदायको घृणाविरुद्धको दिवस पारेर समाजले प्रतियोगिता गर्न लागिएको हो । विश्व स्वास्थ्य सङ्गठनले ११९० मे १७ तारिखमा यौनिक तथा अल्पसङ्ख्यक मानसिक रोग होइन भनेर घोषणा गरेको अवसरमा दिवस मनाउँदै आएका छन् । यसबर्ष ‘कोही पनि पछाडि नपारिउन : सबैको समानता र सामाजिक न्याय कायम होस्’ भन्ने नाराका साथ दिवश मनाइँदै छ ।
राष्ट्रिय नाचघरमा प्रतियोगिता हुनेछ । १९ जना सहभागी हुने प्रतियोगितामा प्रथम हुनेलाई रु एक लाख, दोस्रोलाई रु ७५ हजार र तेस्रोलाई नगद राशीसहित प्रमाणपत्र दिइने छ । शेरचनका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई थाइल्याण्डको बैककमा हुने ट्रान्सजेन्डर सौन्दर्य प्रतियोगिता सहभागी गराइने छ ।
आयोजक संस्थाले प्रतियोगितामा सहभागी हुनेलाई क्षमता अभिवृद्धि र व्यक्तित्व विकासका लागि १५ दिनसम्म तालिम दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने
-
अवैध घुसपैठ रोक्न भारतसँगको सबै सीमा नाकामा उच्च निगरानी
-
आशाको सञ्चार गराउनु मिडियाको प्रमुख दायित्व हो : अध्यक्ष बस्नेत
-
आईपीएल : प्रभसिमरनको शानदार ब्याटिङ, लखनउसामु २ सय ३७ रनको लक्ष्य
-
‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की
-
कारको ठक्करबाट मोटरसाइकलमा सवार बुबाछोरीको मृत्यु