रौतहटका नवनिर्वाचित पालिका प्रमुखले लिए शपथ
रौतहटस्थित स्थानीय तहका नवनिर्वाचित पालिका प्रमुखहरुले शुक्रबार गौर नगरपालिकाको सभा हलमा सपथग्रहण गरेका छन् । गत ३० गते भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित पालिका प्रमुखहरुले सपथग्रहण गरेका हुन् ।
जिल्ला अदालत रौतहटका मुख्य न्यायाधीश काजीबहादुर राईले जनप्रतिनिधिहरुलाई सपथग्रहण गराए । समारोहमा मौलापुर नगर प्रमुख रिना कुमारी साह,गौर नपा नगरप्रमुख शम्भु शाह, राजदेवी नपा नगर प्रमुख भिकारी यादव, परोहा नपा नगरप्रमुख शेख वकिल, र दुर्गाभगवती गाउँपालिका नगर प्रमुख शम्भु सिंह लगायत सहभागी थिए ।
स्थानीयतहका प्रमुखहरुले अव आआफ्ना पालिकाका उपप्रमुख,वडा अध्यक्ष तथा सदस्यहरुलाई सपथग्रहण गराउनेछन् । जिल्लाको १८ स्थानीय तहमध्ये मतगणना जारी रहेका पालिका प्रमुखहरुलाई दोस्रो चरणमा सपथग्रहण गराउने कार्यक्रम रहेकोे जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल