आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा आचार्यको अग्रता कायम, उपमेयरमा गठबन्धन पछि

शनिबार, ०७ जेठ २०७९, ०७ : १९
शनिबार, ०७ जेठ २०७९

पोखरा महानगरपालिकामा ८० हजार १५४ मत गन्दा गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन् । आचार्यले ३२ हजार ४८० मत ल्याउँदा एमालेका कृष्ण थापाले २९ हजार ४१ मत पाएका छन् ।

आचार्य र थापाबीचको मतान्तर ३४३९ रहेको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार खडकराज पौडेल (गनेस) ले २२४९ मत ल्याएका छन् ।  उपमेयरतर्फ गठबन्धनका उम्मेदवार कोपिला रानाभाट ३२ हजार ९५९ मत ल्याउँदा एमालेकी मञ्जुदेवी गुरुङ्ग, ३३ हजार २२१ मत ल्याएकी छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप