वनमा डढेलो लगाउनेलाई कडा कारबाही गर्ने कानुन आवश्यक : मुख्यमन्त्री अधिकारी
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले डढेलो लगाउनेलाई कडाकारवाही गर्ने खालको ऐन आवश्यक रहेको बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको ‘नीति निर्माणकर्ताहरूसँग वन नीतिमा छलफल’ कार्यक्रममा मुख्ममन्त्री अधिकारीले त्यस्तो बताएका हुन् ।
‘वनमा जानीनजानी डढेलो लगाउँदा बहुमूल्य काठ तथा जङ्गली जनावर तथा चराचुरुङ्गी संकटमा पर्नुका साथै पारिस्थिक प्रणालीमै गम्भीर असर गर्ने गरेको छ । त्यसैले यस्ता कार्यमा सङ्लग्नलाई कडाकारवाही गर्ने कानुन आवश्यक छ”, उनले भने । त्यसैगरी उनले सामुदायिक वन उपभोक्ता महासंघले पनि डढेलो नियन्त्रण गर्न विशेष कार्ययोजना बनाउदै समुदायलाई परिचालन गर्नुपर्नेमा जोड दिए ।
वागमती प्रदेशसभा सदस्य एवम् सामुदायिक वन उपभोक्ता महासंघ नेपालका पूर्वअध्यक्ष भारती पाठकले वनलाई समृद्धिको आधार बनाउने खालका नीति नियमको खाँचो औंल्याइन् । उनले उपभोक्ताले संरक्षणमा गरेको योगदानको उच्च कदर गर्दै वन पैदावारमा लगाइएको तेहेरो करको अन्त्य हुनुपर्ने बताइन् ।
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष विर्ख शाही, महासचिव पार्वती गौतम, प्रदेशका उपाध्यक्ष किशोर सापकोटा, महासचिव आशु विकलगायतले वनको महत्व र डढेलो असरबारे प्रकाश पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण