अध्यादेश जारी गर्ने सरकारको निर्णयको कांग्रेसद्वारा निन्दा
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगानी सम्मेलनका लागि भन्दै सरकारले अध्यादेश ल्याउने सम्बन्धी निर्णय गर्नु लोकतन्त्र र संसदीय अभ्यास विपरीत रहेको भन्दै निन्दा गरेको छ । शनिबार नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एक प्रेस विज्ञप्ति जारी गर्दै कानुन निर्माणका लागि संसद्सँग पर्याप्त समय हुँदाहुँदै विज्ञप्ति ल्याउनु अलोकतान्त्रिक काम भएको बताएका छन् ।
उनले विज्ञप्तिमा भनेका छन्– ‘सरकारले सङ्घीय संसद्को अधिवेशन चलिरहेको अवस्थामा बाहेक तत्काल केही गर्न आवश्यक परेमा अध्यादेश जारी गर्न सक्ने संविधानको व्यवस्थाको अपव्याख्या गरी सङ्घीय संसद्को गत अधिवेशन भन्दा पनि महिनौँ अगाडीदेखि तयारी प्रारम्भ भएको लगानी सम्मेलनलाई सम्बोधन गर्ने निहुँमा अध्यादेश जारी गरेको छ । सरकारको यो कामले प्रचलित संविधानको अपव्याख्या हुनुका साथै संसदीय व्यवस्था र लोकतन्त्रको मर्म विपरीत छ ।’
सरकारको यस्तो कार्यले संसद्को महत्त्व, मर्यादा र गरिमा घट्न जाने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नै कमजोर हुने प्रमुख सचेतक लेखकको दाबी छ । सरकारले संविधानको अपव्याख्या गर्दै अध्यादेश जारी गर्ने गरी गरेको गैर जिम्मेवार, लोकतन्त्र र संसदीय अभ्यास विपरीत गरेको कामको विरोध गर्दै निन्दा गरेको बताएका छन् । साथै सरकारलाई संसद् छलेर अध्यादेश ल्याउने कार्य गरी संसद्लाई कमजोर नगर्न सचेत समेत गराएका छन् ।
उनले कांग्रेस समेत सबै विपक्षी दलहरूले सहकारी संस्थाहरूमा लाखौं नागरिकले जम्मा गरेको अरबौँ रकम अपचलन, हिनामिना, दुरुपयोग र ठगी भएको विषयमा छानबिन गर्न र सहकारी पीडितका समस्या सम्बोधन गर्न संसदीय छानबिन समिति माग गरेकोमा उक्त विषयलाई नजरअन्दाज गर्दै सरकारले संसद्बाट भागी अधिवेशनको अन्त्य गरी गैर जिम्मेवार र संसदीय अभ्यास विरोधी चरित्र प्रदर्शन गरेको दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण