शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
नक्कली लाइसेन्स

नक्कली लाइसेन्स प्रकरण : यातायात व्यवस्था विभागका पूर्वकर्मचारी पक्राउ

शनिबार, १५ वैशाख २०८१, १७ : ४७
शनिबार, १५ वैशाख २०८१

काठमाडौँ । नक्कली लाइसेन्स वितरण गर्न सहयोग गरेको आरोपमा प्रहरीले यातायात व्यवस्था विभागका पूर्वकर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिस भट्ट रहेका छन् ।

भट्टले करिब एक दशक करार सेवा विभागमा काम गरेका थिए । विभागमा कार्यरत हुँदा उनले नक्कली लाइसेन्स बनाउन सहयोग गरेको आरोप छ । 

केन्द्रीय अनुसन्धान ब्युरोका एआईजी श्यामलाल ज्ञवालीका अनुसार उनलाई काठमाडौँबाट नियन्त्रण लिइएको हो । यसबारे थप अनुसन्धान भइरहेको ज्ञवालीले जानकारी दिए । उनले यो विषय यसअघि अनुसन्धान भइरहेको नक्कली लाइसेन्स प्रकरणसँग भने सम्बन्धित रहेको स्पष्ट पारेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप