लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा
लुक्ला । प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला एयरपोट) मा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा परेका छन्।
बाक्लो तुवालोले भिजिबिलिटी कमजोर हुँदा दुई दिनदेखि उडान प्रभावित भएपछि पर्यटकहरू समस्यामा परेका हुुन् । धेरै यात्रु तीन दिनदेखि जहाजको पर्खाइमा छन् भने कतिपय पैदल हिँडेर काठमाडौँ गएका फर्किएका छन् ।
पथप्रदर्शक आङ्दनु शेर्पाले पदयात्रा सकेर काठमाडौँ फर्किने पर्यटकहरू समस्यामा परेका बताए । प्याराडाइज लजका सञ्चालक दावाफुटि शेर्पाले पनि समयमा उडान नहुँदा सगरमाथा आधार शिविरबाट फर्किएका विदेशी पर्यटकहरू दुई दिनदेखि लुक्लामै रोकिएका बताए ।
विमानस्थलका प्रमुख उमेश पन्थीका अनुसार दैनिक ५४ सम्म उडान भर्ने सो विमानस्थलबाट शुक्रबार जहाजतर्फ कुनै उडान नभएको र आज भने आठ उडान भएका बताए । हेलिकप्टर उडान भने नियमित भइरहेको पन्थीले जानकारी दिए ।
लुक्ला विमानस्थलमा जहाज उडानका लागि पाँच किलोमिटर भिजिबिलिटी चाहिने गरेको छ । पर्यटकहरू यही विमानस्थल भएर सगरमाथा जाने गरेका छन् भने यहाँबाट दैनिक हेलिकप्टरसहित तीन सय बढी उडान हुने गरेका लुक्लास्थित विमानस्थल कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण