शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

भेरी नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता

शनिबार, १५ वैशाख २०८१, १९ : ५८
शनिबार, १५ वैशाख २०८१

सुर्खेत । भेरी नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा वीरेन्द्रनगर नगरपालिका–३, गण्डकी लाइन बस्ने १८ वर्षीय निर्माण चौलागाईँ रहेका छन् । 

उनी बराहताल गाउँपालिका–२, को रानीघाटस्थित भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले रातोपाटीलाई जानकारी दिए । 

उनी आज शनिबारका दिन भनेर उनी ६ जना साथीहरुसहित वीरेन्द्रनगरबाट त्यहाँ पुगेका थिए ।  उनको खोजी कार्य भइरहेको विश्वकर्माले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप