शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

शनिबार, १५ वैशाख २०८१, २१ : ४८
शनिबार, १५ वैशाख २०८१

पाल्पा । पाल्पामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–२, दोभान सिसखोलामा शनिबार टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।

सिद्धार्थ राजमार्गको दोभानदेखि तिनाउ गाउँपालिका–१, कचलको सर्वोत्तम चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ८७४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको लु १७ प १५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक ४६ वर्षीय देवबहादुर बलालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

मोटरसाइकल ओरालोमा पल्टिएको र विपरीत दिशाबाट गएको टिपरले टाउकोमा किचेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप