हरियाली बढाउन वर्षमा पैसठ्ठी हजार बिरुवा वितरण गरिँदै
तनहुँ । हरियाली बढाउन तनहुँस्थित जिल्ला डिभिजन वन कार्यालयले ६५ हजार बिरुवा निःशुल्क वितरण गर्ने भएको छ । कार्यालयले आफ्नो नर्सरीमा हुर्काएका बिरुवा किसानलाई वितरण गर्न लागेको हो ।
उत्पादित तयारी बिरुवा असारको तेस्रो सातादेखि वितरण गर्ने कार्यालयको योजना छ । विगतको तुलनामा यस वर्ष थोरै बिरुवा हुर्काइएका छन् । वन कार्यालयको नर्सरीमा तीस हजार डाले घाँसका बिरुवा उत्पादन गरिएका वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए। राइखनियो, डुम्री, बडहर, बकाइनो, टाँकीका बिरुवा अधिक छन् । हरियाली वृद्धिका साथै पशुपालन किसानलाई लक्ष्यित गरी डाले घाँसलाई प्राथमिकतामा राखिएको उनले बताए । नर्सरीमा हुर्काइएका बिरुवामध्ये जडीबुटीतर्फ शितल चिनी, हर्रो, बर्रो, तेजपात, बेल, अमला, श्रीखण्ड रहेका छन् भने सौन्दर्यमूलकमा कपूर, अशोका, धूपीलगायत छन् ।
“पछिल्ला समय पशुपालनतर्फ किसानको आकर्षण बढ्दै गएकाले बर्सेनि डाले घाँसका बिरुवा उत्पादन गरी वितरण गर्दै आएका छौँ”, अधिकृत श्रेष्ठले भने, “प्रदेश सरकारबाट बजेट कम विनियोजन भएका कारण यस वर्ष थोरै बिरुवा उत्पादन गरिएको हो ।”
चार वर्षअघि दश लाख, तीन वर्ष अघि आठ लाख, दुई वर्षअघि छ लाख २५ हजार र गत वर्ष एक लाख बढी बिरुवा उत्पादन गरी निःशुल्क वितरण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण