बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)
विकास निर्माण

कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)

शनिबार, १५ वैशाख २०८१

बुटवल । वि सं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको ११३ किलोमिटर बुटवल–नारायणगढ सडक खण्ड  ६ वर्षसम्म निर्माण सम्पन्न हुन सकेको छैन । 

बुटवल–नारायणगढको सडक सहरी भेगमा सिक्स लेन र जङ्गली क्षेत्रमा फोर लेनमा विस्तार कार्य दुई खण्डमा विभाजन गरेर काम अघि बढाइएको थियो । एसियन राजमार्गको गुणस्तर मापदण्डमा विस्तार गर्ने भनेर २०७५ सालमा सम्झौता भएको सडकको भौतिक प्रगति अहिलेसम्म ५० प्रतिशत पनि पुग्न सकेको छैन । 

पानी पर्दा हिलो, घाम लाग्दा धुलोलेअहिले सर्वसाधारणले हैरानी खेप्नुपरेको छ। काम सुरु भएको ६ महिनासम्म पनि पूर्व तयारी नभएको यो आयोजना त्यस लगतै कोभिड महामारीले काम अघि बढ्न सकेन। अहिले पूर्व र पश्चिम खण्डका केहि ठाउँमा कालोपत्रे सुरु भएको छ । 

१६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागत लाग्ने यो योजनामा एसियाली विकास बैंकले ८५ प्रतिशत र बाँकी नेपाल सरकारको लगानी रहने छ।  मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी

NepalPhotoLibrary-01NepalPhotoLibrary-02NepalPhotoLibrary-03NepalPhotoLibrary-04

NepalPhotoLibrary-05NepalPhotoLibrary-06NepalPhotoLibrary-07NepalPhotoLibrary-08NepalPhotoLibrary-09NepalPhotoLibrary-10NepalPhotoLibrary-11NepalPhotoLibrary-12NepalPhotoLibrary-13NepalPhotoLibrary-15NepalPhotoLibrary-16NepalPhotoLibrary-17NepalPhotoLibrary-18

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया