बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

इलाम–२ : आइतबार बिहानदेखि गौतमबुद्ध सभाहलमा मतगणना गरिने

शनिबार, १५ वैशाख २०८१, २० : २०
शनिबार, १५ वैशाख २०८१

विराटनगर । इलाम उपनिर्वाचनमा ५७ प्रतिशत मतदान भएको छ । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दिएको जानकारी अनुसार एक लाख १५ हजार आठ सय ८९ जना मतदाता रहेकोमा ६६ हजार अर्थात् ५७ प्रतिशत मतदान भएको हो । 

मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । इलाम २ का ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्रलाई संवेदनशील मानिए पनि शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको हो । २०७९ को संघीय निर्वाचनमा इलाम २ मा ६२ प्रतिशत मत खसेको थियो । 

आज बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो । मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार मतदान सम्पन्न गर्नका लागि सात सय ४५ जना कर्मचारी र तीन हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शान्ति सुरक्षामा अति सजगता अपनाएका कारण सहज रूपमा मतदान सकिएको जानकारी दिए । 

आजै रातिसम्ममा मतपेटिका सङ्कलन गरिसक्ने र भोली बिहान (आइतबार बिहान) सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने यादवले बताए । इलाम सदरमुकामस्थित गौतमबुद्धसभा हलमा मतगणना गरिने भएको छ । मतगणनास्थलमा तारबार गरिनुको साथै सीसी टिभी जडान गरिएको छ । मतगणना दुई स्थानमा हुनेछ । 

निर्वाचनमा एमालेबाट सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ, काँग्रेसका डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू र पहिचानवादीका डकेन्द्रसिंह थेगिमबिचमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । उम्मेदवारको सङ्ख्या भने राजनीतिक दल र स्वतन्त्र गरी १९ जना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप