यस्तो छ काठमाडौं महानगरपालिकाको आधिकारिक मत परिणाम
शनिबार, ०७ जेठ २०७९, २१ : ५७
काठमाडौं महानगरपालिकाको मतगणनाको ताजा मत परिणाम सार्वजनिक भएको छ । शनिबार राति ९:५५ बजे सार्वजनिक गरिएको आधिकारिक मतगणनाको विवरणअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ३४ हजार ९३५ मत पाएका छन् । यता एमालेका केशव स्थापितले हालसम्म १८ हजार ९७९ मत पाएका छन् । यस्तै नेपाली काँग्रेसकी सिर्जना श्रेष्ठले १९ हजार ३१५ मत पाएकी छन् ।
महानगरपालिकाको उपमेयर पदमा एमालेकी उम्मेदवार सुनिता डंगोलले विशाल अग्रता बनाएकी छन् । उनले निकटतम प्रतिद्वन्द्वीले भन्दा २२ हजार बढीको मतान्तर बनाएकी हुन् । सुनिताले ३४ हजार ३० मत पाएकी छन् । यस्तै सत्ता गठबन्धनको तर्फबाट उपमेयरको उम्मेदवार बनेका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११ हजार ८४२ मत पाएका छन् ।