उपनिर्वाचन
इलाम–२ : मतगणना अघि सर्वदलीय बैठक सुरु
आइतबार, १६ वैशाख २०८१, ०८ : ३१

काठमाडौँ । उपनिर्वाचनअन्तर्गत इलाम–२ को मतगणना अघि सर्वदलीय बैठक सुरु भएको छ । बैठक सकिए लगत्तै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकारी केशव घिमिरेले रातोपाटीलाई जानकारी दिए ।
सर्वदलीय बैठकमा सबै राजनीतिक दलका उम्मेदवारसहित सरोकारवालाहरू पनि उपस्थित छन् । इलाम नगरपालिका–२ स्थित गौतम बुद्ध सम्मेलन केन्द्रमा बसेको बैठकमा सहमति जुटाएर मतगणना थालिने छ ।
इलाम–२ उपनिर्वाचनमा कुल मत ६९ हजार ४२१ मत खसेको थियो । हृदयाघातका कारण सुवासचन्द्र नेम्वाङको निधनपश्चात् यस क्षेत्रमा उपनिर्वाचन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले खोस्नै नसक्ने मानिसको क्षमता के हो ?
-
‘टिपर’ दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
रिब्दीकोटमा एकल महिला पुरुषलाई सम्मान
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
प्रतिनिधिसभा बैठक : सरकारको वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुँदै