शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

जसपा नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई

आइतबार, १६ वैशाख २०८१, ०९ : ०३
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्रप्रसाद श्रेष्ठले पाएका छन् ।

पार्टीका अध्यक्ष उपेन्द्र यादव विश्व जनसङ्ख्यासम्बन्धी सम्मेलनमा नेपाल सरकारको प्रतिनिधिका रूपमा सहभागी हुन शनिबार अमेरिका गएपछि श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन् ।

अध्यक्ष यादवले आफू स्वदेश नआउञ्जेलसम्मको लागि पार्टीको कार्यवाहक अध्यक्ष भइ कार्य गर्न श्रेष्ठलाई जिम्मेवारी तोकेका हुन् । अध्यक्ष यादवको अनुपस्थितिमा श्रेष्ठले नै कार्यवाहक अध्यक्षको जिम्मेवारी पाउँदै आएका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप