तिलक रामदामको 'जाली रुमालैमा' सार्वजनिक
काठमाडौँ । विशुद्ध गायन, नृत्य र सङ्गीतमा ध्यान दिएर तयार पारिएको तिलक रामदामको 'जाली रुमालैमा' गीत सार्वजनिक गरिएको छ । दोलालघाटमा छायांकन गरिएको भिडियोमा विजय पुन, आर्यन राउत, विना राउत र जुना एसडीलाई देख्न सकिन्छ ।
भिडियोमा जाले रुमालमा दाग देखेपछि माया गरेको मान्छेले शङ्का उपशङ्का गरेको बुझ्न सकिन्छ । त्यो रुमालमा दाग देखेपछि गायक गायिकाले एक अर्कालाई के होला कुन्नि भन्दै अलमल पनि परे जस्तो, दोमन भए जस्तो गरेर एक अर्काप्रति व्यङ्ग्य प्रहार गरेका छन् ।
रामदामको शब्द सङ्गीत सिर्जना गरेको लोक तथा दोहोरी गीतमा गायक खेम सेंचुरी र गायिका किरण सिर्पालीको स्वर रहेको छ । यस गीतको सङ्गीत सम्योजन राजु सोनामले गरेका छन् भने रामदामले पछ्यौरी चुन्निको, काँचो पात, चकलेटी हिरो, धोकेबाज, कानको झुम्कना जस्ता गीत यस अघि ल्याईसकेका छन् । 'अन्य गीतलाई झैं यो गीतलाई पनि दर्शक श्रोताले माया गरिदिनुहुनेछ भन्ने आशा लिएको छु'- रामदामले भने।

नवलपुर जिल्लाको बुङलिङटार गाउँपालिका थामवेशी–गैंडाकोटका स्थायी बसोबास रहेका सर्जक रामदाम लामो समयदेखि नेपाली गीत सङ्गीतमा सक्रिय रहँदै आएका छन् । उनी लोक तथा दोहोरी गीतमा शब्द चयन गर्नमा माहिर छन् भने प्रत्यक्ष दोहोरी गायनमा पनि उतिकै क्षमता राख्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध लागुऔषधसहित ११ जना पक्राउ
-
हेजबुल्लाहविरूद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह
-
ठमेलको स्क्याम सेन्टरसँग कम्बोडिया ‘कनेक्सन’
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
-
एलिनाको ‘रुकुमको ठग’ टिप्पणीपछि आयोजकको प्रतिवाद, ‘सबै प्रमाण सुरक्षित छ, कानुनी उपचार खोज्छु’
-
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण