तिलक रामदामको 'जाली रुमालैमा' सार्वजनिक

काठमाडौँ । विशुद्ध गायन, नृत्य र सङ्गीतमा ध्यान दिएर तयार पारिएको तिलक रामदामको 'जाली रुमालैमा' गीत सार्वजनिक गरिएको छ । दोलालघाटमा छायांकन गरिएको भिडियोमा विजय पुन, आर्यन राउत, विना राउत र जुना एसडीलाई देख्न सकिन्छ ।
भिडियोमा जाले रुमालमा दाग देखेपछि माया गरेको मान्छेले शङ्का उपशङ्का गरेको बुझ्न सकिन्छ । त्यो रुमालमा दाग देखेपछि गायक गायिकाले एक अर्कालाई के होला कुन्नि भन्दै अलमल पनि परे जस्तो, दोमन भए जस्तो गरेर एक अर्काप्रति व्यङ्ग्य प्रहार गरेका छन् ।
रामदामको शब्द सङ्गीत सिर्जना गरेको लोक तथा दोहोरी गीतमा गायक खेम सेंचुरी र गायिका किरण सिर्पालीको स्वर रहेको छ । यस गीतको सङ्गीत सम्योजन राजु सोनामले गरेका छन् भने रामदामले पछ्यौरी चुन्निको, काँचो पात, चकलेटी हिरो, धोकेबाज, कानको झुम्कना जस्ता गीत यस अघि ल्याईसकेका छन् । 'अन्य गीतलाई झैं यो गीतलाई पनि दर्शक श्रोताले माया गरिदिनुहुनेछ भन्ने आशा लिएको छु'- रामदामले भने।
नवलपुर जिल्लाको बुङलिङटार गाउँपालिका थामवेशी–गैंडाकोटका स्थायी बसोबास रहेका सर्जक रामदाम लामो समयदेखि नेपाली गीत सङ्गीतमा सक्रिय रहँदै आएका छन् । उनी लोक तथा दोहोरी गीतमा शब्द चयन गर्नमा माहिर छन् भने प्रत्यक्ष दोहोरी गायनमा पनि उतिकै क्षमता राख्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार’
-
इन्द्रसरोवरमा पानीको सतह घट्दै
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक, के गर्ला निर्णय ?
-
राष्ट्रिय सङ्गीत तथा नाट्य उत्सव–२०८२ आयोजना हुने
-
विद्यालय शिक्षा विधेयक अन्योल : किन भइरहेको छ ढिलाइ ?
-
दिल्लीबाट काठमाडौँ चल्ने बस प्रयोग गरेर तस्करी, ६ जनाविरूद्ध मुद्दा दायर