प्रतिबन्धित लागुऔषधसहित १ जना प्रहरीको नियन्त्रणमा
आइतबार, १६ वैशाख २०८१, ०९ : ११
झापा । प्रतिबन्धित लागुऔषधसहित एक युवकलाई प्रहरीले झापा गाउँपालिका वडा नम्बर ५ पन्थपांडा स्थित हुलाकी राजमार्गबाट नियन्त्रणमा लिएको छ ।
प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको मे १० प ५६४२ नम्बरको मोटरसाइकल चालक बाह्रदर्शी गाउँपालिका–४ चकचकी बस्ने ३२ वर्षीय जफिर आलमलाई नियन्त्रणमा लिएको हो ।
शंका लागि चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर १६ ग्राम र नगद रु ११ हजार फेला परेकोले निजलाई मोटरसाइकल सहित नियन्त्रणमा लिइएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण