शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिबन्धित लागुऔषधसहित १ जना प्रहरीको नियन्त्रणमा

आइतबार, १६ वैशाख २०८१, ०९ : ११
आइतबार, १६ वैशाख २०८१

झापा । प्रतिबन्धित लागुऔषधसहित एक युवकलाई प्रहरीले झापा गाउँपालिका वडा नम्बर ५ पन्थपांडा स्थित हुलाकी राजमार्गबाट नियन्त्रणमा लिएको छ । 

प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको मे १० प ५६४२ नम्बरको मोटरसाइकल चालक बाह्रदर्शी गाउँपालिका–४ चकचकी बस्ने  ३२ वर्षीय जफिर आलमलाई  नियन्त्रणमा लिएको हो । 

शंका लागि चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर १६ ग्राम र नगद रु ११ हजार फेला परेकोले निजलाई मोटरसाइकल सहित नियन्त्रणमा लिइएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप