काठमाडौं महानगरमा बालेनको फराकिलो अग्रता कायमै
काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन् । जारी मतगणना अनुसार नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ६८० मत प्राप्त गरेका छन् ।
यसैगरी नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले २४ हजार ५७८ मत ल्याएका छन् भने उपप्रमुखमा सोही पार्टीको उम्मेदवार सुनिता डङ्गालले ४४ हजार ७०५ मत ल्याएर अग्रस्थानमा रहेकी छन् । उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले १५ हजार ६७० मत पाएका छन् ।
प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा मतगणना भइरहेको छ । अहिले वडा नं ९, १०, १३, १४, १५, २०, २२ र २६ को मतगणना कार्य जारी छ । वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, २३, २४, २५, २७, २८, २९ ३०, ३१ र ३२ को मत परिणाम सार्वजनिक भइसकेको छ । कामपामा हालसम्म एक लाख २४ हजार ५४४ मतगणना भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमाअञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राडा पन्त
-
पूर्वमन्त्री सुदन किराती भोजपुरमा बाँदर धपाउने अभियानमा व्यस्त
-
भेलु बाजेको निधन
-
सरकारकै बेवास्ताले भारतीय कम्पनीले ब्यान्डविथ आपूर्ति रोक्यो, के हो विवाद ?
-
रातभरमा इन्टरनेट समस्या समाधान हुन्छ : सञ्चारमन्त्री शर्मा
-
सर्लाहीमा आगलागी : विष्णु गाउँपालिका-१ मा ६५ भन्दा बढी घर जले