सर्वोच्चले तिमिल्सिनालाई पनि बयानका लागि बोलायो
काठमाडौँ । सर्वोच्च अदालतले सिधाकुरा डटकममा प्रसारित अडियो उपलब्ध गराउने ललितपुर गोदावरीका राजकुमार तिमिल्सिनासँग पनि बयान लिने भएको छ ।
न्यायाधीश हरिप्रसाद फुयाल र महेश शर्मा पौड्यालको संयुक्त इजलासले आज सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेलसँग बयान लिएपछि अडियो उपलब्ध गराउने तिमिल्सिनालाई पनि सबुद प्रमाणसहित यही वैशाख २३ गते बयानका लागि बोलाउन आदेश गरेको हो ।
आदेशमा भनिएको छ, “प्रसारित अडियोसामग्री सम्बन्धमा अदालतको अवहेलनामा किन कारवाही र सजाय गर्नु नपर्ने हो । त्यसरी कारवाही गर्नु नपर्ने आधार र कारण भए शब्द प्रमाणसहित बयानका लागि मिति २०८१ वैशाख २३ गते बिहान १० बजे अदालतमा उपस्थित हुनु ।”
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेशनसँग जोडिएको मुद्दा हारजित गराउन सर्वोच्चका न्यायाधीशसहित बैठक बसेको भन्दै सिधाकुरा डटकमले केही दिनअघि समाचार र अडियोसामग्री प्रकाशन गरेको थियो ।
सो विषयमा सो अनलाइनका प्रकाशक कँडेलसँग बयान लिने काम आज सम्पन्न भएको छ भने सम्पादक नवीन ढुङ्गानालाई शुक्रबार १० बजे बयानका लागि बोलाइएको छ ।
अनलाइनले प्रकाशन र प्रसारण गरेको समाचार, अडियो / भिडियो सामग्रीबाट अदालतको अवहेलना भएको उल्लेख गर्दै यही वैशाख १६ गते सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले प्रतिवेदन पेश गरेका थिए ।
सोही आधारमा यही वैशाख १७ गते न्यायाधीश नहकूल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले सिधाकुरा डटकमबाट सो सामग्री २४ घण्टाभित्र हटाउन र सिधाकुरा डटकमका प्रकाशक र सम्पादकलाई बयानका लागि अदालतमा उपस्थित हुन आदेश गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण