धनगढीमा सपथ ग्रहणको विषयमा निम्तियो विवाद
धनगढी उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई पद तथा गोपनीयताको सपथ गराउने विषयमा विवाद भएको छ । स्वतन्त्र उम्मेदवार गोपाल हमालले पदभार ग्रहण गरेपनि उपप्रमुख तथा अन्य जनप्रतिनिधिहरूलाई पद तथा गोपनीयताको सपथ गराउने क्रममा विवाद भएको हो ।
नवनिर्वाचित नगर प्रमुख हमालले धार्मिक शास्त्रअनुसार कार्यभार सम्हालेपछि वडा अध्यक्ष सन्तोष मुडभरी लगायत केही जनप्रतिनिधिले पनि धार्मिक शास्त्रअनुसार पद तथा गोपनीयताको सपथ लिने अडान राखेका थिए । सोही कारण सपथ ग्रहणको कार्यक्रम समेत पछि सारिएको जनाइएको छ ।
उपप्रमुखसहित निर्वाचित जनप्रतिनिधिहरूलाई ११ बजे पद तथा गोपनीयताको सपथ गराउने कार्यतालिका रहेको थियो । नवनिर्वाचित जनप्रतिनिधि ११ बजे अघि नै उपमहानगरपालिकाको कार्यालयको सभा हलमा बसेका थिए । तर, नगर प्रमुख हमाल भने सभा हलमा छैनन् ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले भने जनप्रतिनिधिहरूको प्रमाणपत्र नआउँदा ढिलाई भएको प्रतिक्रिया दिए । उनीहरूको पद तथा गोपनीयताको सपथ कार्यक्रम ३ बजेपछि हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी प्रकरणको छानविनमा सहयोग गर्न सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन
-
बालेनप्रति संकेत गर्दै ओलीले भने– सुकुम्वासीलाई हेप्ने र थर्काउने काम नगरौं
-
जापानी विदेशमन्त्रीको नेपाल भ्रमणको तयारी पूरा, के–के छन् एजेण्डा ?
-
सहकारी समस्या समाधानका लागि समिति गठन, अध्यक्षमा पूर्वन्यायाधीश गौतम
-
मुक्त कमैया समाजको तेस्रो राष्ट्रिय सम्मेलन कैलालीमा हुँदै
-
सहकारी प्रकरणको छानबिनमा सहयोग गर्न सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन