हेटौंडाका नवनिर्वाचित मेयर र उपमेयरले गरे ५ निर्णय
हेटौंडाको मेयर र उप मेयरले पदभार ग्रहणपछि ५ वटा निर्णय गरेका छन् । हेटौंडाकी मेयर मिनाकुमारी लामा र उपमेयर राजेश बानियाँले पदभार ग्रहण गरेलगत्तै नगरभित्र बसोबास गर्ने अति विपन्न घरपरिवारमध्ये हाल १५ सय ४१ परिवारलाई निःशुल्क स्वास्थ्य विमा गर्ने निर्णय गरेका हुन् । त्यसैगरी विपन्न गरिव घर परिवारलाई १५ हजार लिटर पानी र २५ युनिट विद्युत निःशुल्क उपलव्ध गराउने निर्णय समेत गरेका छन् ।
आर्थिक अवस्थाको कारणले शिक्षा हासिल गर्नबाट बन्चित विद्यार्थीलाई प्रोत्साहन र सहुलियत दिन मेयर छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने, बाटो विस्तारका क्रममा बाटोको बीच भागमा परेका विद्युतका पोल हटाई किनारामा स्थापना गर्ने र महिला जागरण समूहमार्फत लैंगिक हिंसा विरुद्धका अभियान सञ्चालन गर्दै पीडित/प्रभावित महिला तथा बालबालिकालाई अल्पकालिन आश्रय स्थलमार्फत प्रभावकारी रुपमा पुर्नस्थापना कार्यहरु सञ्चालन गर्ने निर्णय समेत भएको छ ।
निर्णयहरु कार्यान्वयनका लागि कर्मचारीहरुलाई निर्देशनात्मक रुपमा जानकारी समेत गराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी प्रकरणको छानविनमा सहयोग गर्न सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन
-
बालेनप्रति संकेत गर्दै ओलीले भने– सुकुम्वासीलाई हेप्ने र थर्काउने काम नगरौं
-
जापानी विदेशमन्त्रीको नेपाल भ्रमणको तयारी पूरा, के–के छन् एजेण्डा ?
-
सहकारी समस्या समाधानका लागि समिति गठन, अध्यक्षमा पूर्वन्यायाधीश गौतम
-
मुक्त कमैया समाजको तेस्रो राष्ट्रिय सम्मेलन कैलालीमा हुँदै
-
सहकारी प्रकरणको छानबिनमा सहयोग गर्न सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन