आमाको हत्या गर्ने छोरा पक्राउ
मङ्गलबार, १० जेठ २०७९, १७ : ४१
सुनसरीमा आफ्नै आमाको हत्या गरेको अभियोगमा एक युवक पक्राउ गरेका छन् । ४२ वर्षीया शान्त सुवेदीको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका-१४ विजयपुरका २५ वर्षीय सौगात सुवेदीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेका हुन् ।
हात्तीसार कलेज धरानको क्वार्टरमा बस्ने झापा चन्द्रगढी घर भएकी शान्तलाई शनिबार दिउँसो उनकै छोरा सौगातले धारिलो हतियार बाम्फोकले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी उनको विराटनगरको न्युरो अस्पतालमा उपचार हुन नसकी घर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । सौगातलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल