काठमाडौं-१९ मा काँग्रेसको प्यानलै विजयी, राजेशकुमार श्रेष्ठ बने वडाध्यक्ष
बुधबार, ११ जेठ २०७९, ०८ : १५
काठमाडौं महानगरपालिका १९ नम्बर वडामा नेपाली काँग्रेसको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा काँग्रेसका राजेशकुमार श्रेष्ठ १ हजार २ सय मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार चन्दमान मुनिकाले ७ सय ४१ मत पाए ।
यस्तै महिला सदस्यमा पनि काँग्रेसकै रेणु कमल भारती शाही १ हजार ३६९ मतसहित विजयी भएकी छिन् । दलित महिला सदस्यमा काँग्रेसकी रंजिता परियार १ हजार ४ सय १५ मत साथ विजयी भएकी छिन् ।
खुला सदस्य पदमा काँग्रेसका चन्द्रमान डंगोलले १ हजार ४ सय १७ र दिनेशमान जोशी एक हजार १ सय ९८ मत ल्याएर विजयी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी प्रकरणको छानविनमा सहयोग गर्न सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन
-
बालेनप्रति संकेत गर्दै ओलीले भने– सुकुम्वासीलाई हेप्ने र थर्काउने काम नगरौं
-
जापानी विदेशमन्त्रीको नेपाल भ्रमणको तयारी पूरा, के–के छन् एजेण्डा ?
-
सहकारी समस्या समाधानका लागि समिति गठन, अध्यक्षमा पूर्वन्यायाधीश गौतम
-
मुक्त कमैया समाजको तेस्रो राष्ट्रिय सम्मेलन कैलालीमा हुँदै
-
सहकारी प्रकरणको छानबिनमा सहयोग गर्न सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन