अनुपको ‘दोख’ २४ असारमा रिलिज हुने
अनुप बरालको निर्देशन रहेको फिल्म ‘दोख’ २४ असारबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टरसहित प्रदर्शन मिति सार्वजनिक गरेको हो । सामुदायिक वनको मुद्दाको विषयमा निर्माण भएको फिल्ममा बनेको विषयमा भएको दुईवटा गाउँ बीचको किचलो मुख्य कथा भएको छ । सामाजिक द्वन्द्वको कथा समेत समेटिएको ‘दोख’ मनोज अधिकारीले निर्माण गरेका हुन् । फिल्मको कथा अहिले बनिरहेको फिल्म भन्दा भिन्न भएकोले नेपाली दर्शकको मन छुनेमा निर्माण युनिटको भनाई रहेको छ । शैलेन्द्र डी कार्कीको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन रहेको फिल्म राजन कटैतले लेखेका हुन् ।
फिल्ममा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सजन थापामगर लगायतका कलाकारको अभिनय छ । आभास र पुष्प संगमको संगीत, सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्मका भीम न्यौपाने, ओम गुरुङ, रन्जु वाग्ले कार्यकारी हुन् ।
फिल्मको एसोसियट निर्माताको रुपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, शिशिर खरेल, दीपक खनाल, युवराज भट्टराई रहेका छन् । फिल्मको वितरणको जिम्मा काठमाडौँमा जिजिए ग्रुप र काठमाडौँ बाहिर एफडी कम्पनीले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा