शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इरानले देखायो पहाडमा लुकाएर राखेको आफ्नो शक्तिशाली ड्रोन

आइतबार, १५ जेठ २०७९, ११ : ५५
आइतबार, १५ जेठ २०७९

इरानको सेनाले आफ्नो भूमिगत ड्रोन बेसको बारेमा केही जानकारी सार्वजनिक गरेको छ । यद्यपी यो बेस कहाँ बनेको हो भन्ने बारेमा भने केही बताइएको छैन ।

समाचार एजेन्सी रोयटर्सले सरकारी टेलिभिजन च्यानललाई उद्धृत गर्दै जाग्रोसको पहाडको बीचमा करिब १०० ड्रोन राखिएको बताएको छ ।

यसमा अबबिल(५ ड्रोन समावेश छ, जसमा काइम-९ मिसाइल जडान गर्न सकिन्छ । यो मिसाइल अमेरिकाको हेलफायरको इरानी संस्करण हो ।

‘यसमा कुनै शङ्का छैन कि इरानी सशस्त्र बलका ड्रोनहरू यस क्षेत्रमा सबैभन्दा शक्तिशाली छन् । यी ड्रोनहरूलाई अपग्रेड गर्ने हाम्रो क्षमतालाई कुनै पनि कुराले रोक्न सक्दैन,’ सेना कमाण्डर मेजर जनरल अब्दुलरहिम मोसावीले भने ।

इरानको सरकारी टिभीका पत्रकारले पश्चिमी इरानको कर्मनशाहबाट ४५ मिनेटको उडान भरेर एक सिक्रेट अन्डरग्राउन्ड ड्रोन साइटसम्म लिएर गएको थियो । यद्यपि, उनलाई ड्रोन बेससम्म पुगेपछि नै पट्टी हटाउन दिइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप