शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गर्मी बढेपछि गोदावरीका विद्यालय बन्द गर्ने निर्णय

बुधबार, २५ जेठ २०७९, १७ : ४५
बुधबार, २५ जेठ २०७९

अत्यधिक गर्मी बढेपछि कैलालीको गोदावरी नगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । बुधबार एक सूचना जारी गर्दै नगरपालिकाले गर्मीका कारण जेठ २६ देखि ३१ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

सूचनामा गोदावरी नगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरूमा लामो बिदाबाट मिलान हुने गरी बिदा गर्न हुन अनुरोध गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप