बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वीरगञ्जको बैठक स्थगित गरेर वार्तामा आउन बाबुरामको आह्वान

मङ्गलबार, २८ असार २०७९, १४ : २०
मङ्गलबार, २८ असार २०७९

जनता समाजवादी पार्टी नेपाल (जसपा)का संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले  वीरगञ्जको बैठक स्थगित गरेर उपेन्द्र यादव पक्षलाई वार्ता गर्न आह्वान गरेका छन् । जडिबुटीमा सुरु भएको आफूपक्षीय केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै भट्टराईले वीरगञ्जमा बोलाएको बैठकमा आफूहरुलाई नबोलाएको नगएको बताएका हुन् ।

जसपा नेपाललाई देशमा वैकल्पिक शक्तिको रुपमा निर्माण गर्न लागेको बताउदै उनले सङ्ख्या र बहुमत आफूसँग रहेको दावी गरे । उनले आफूहरुको बैठक नै वैधानिक रहेको पनि दावी गरे । जसपाका अध्यक्ष यादवले पार्टीमा कसैलाई  जानकारी नदिइ एकलौटी रुपमा वीरगञ्जमा बैठक बोलाइएको कारण त्यो अवैधानिक रहेको बताए ।

 पार्टीको विधानअनुसार दुई जना अध्यक्षको व्यवस्था रहेको र त्यसै अनुसार एकजना जनजातिबाट अध्यक्ष राख्नु पर्छ भन्दा मरिगए अध्यक्ष राख्न नमानेको गुनासो गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप