नेपाली जनसम्पर्क समिति भर्जिनियाका सभापति हुमागाईंले दिए पदबाट राजीनामा
नेपाली जनसम्पर्क समिति अमेरिकाको भर्जिनिया शाखाका सभापति राम शरण हुमागाईले पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक संजाल फेसबुकमार्फत जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् ।
उनले च्याप्टर अधिवेशनको अनिश्चितता र व्यक्तिगत कार्य व्यस्तताले गर्दा पदीय जिम्मेवारीबाट अलग भएको बताएका छन् । हुमागाईं नेपाली काँग्रेस पार्टीको भातृ संगठन नेपाली जनसम्पर्क समिति अमेरिका भर्जिनिया शाखाको विभिन्न पद र जिम्मेवारीमा लामो समयदेखि क्रियाशील रहदै आएका छन् । हाल उनि नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि पनि हुन ।
पटक पटक अधिवेशनको माग र प्रयास हुँदाहुँदै पनि पार्टी नेतृत्व र जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय नेतृत्वको उदासीनताले च्याप्टरहरूको अधिवेशन समयमा सम्पन्न हुन नसकेकोमा उनले सबैको ध्यानाकर्षण गराएका छन् । समयमै अधिवेशन सम्पन्न हुन नसक्नुमा आफ्नो भागमा पर्ने भूमिका र कमजोरीको निम्ति उनले क्षमायाचना पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण