शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सिरहा क्षेत्र नं २ मा माओवादी केन्द्रका दास विजयी

सोमबार, २५ मङ्सिर २०७४, २२ : ०९
सोमबार, २५ मङ्सिर २०७४

लहान सिरहा क्षेत्र नं २ बाट नेकपा (माओवादी केन्द्र) का सुरेशचन्द्र दास प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । 

दासले आफ्ना निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका शत्रुधन सिंह कोइरीलाई दुई हजार ८८८ मतले पराजित गर्दै निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले जानकारी दिए ।

दासले २० हजार १४८ मत प्राप्त गरे  भने उनका निकटतम प्रतिद्वन्द्वी फोरमका कोइरीले १७ हजार २६० मत प्राप्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप