बिहीबार, ३१ जेठ २०८१
ताजा लोकप्रिय
विराेध

गृहमन्त्री लामिछानेविरुद्ध माइतीघरमा आन्दोलन गरिरहेको रित्तो ओछ्यान

शनिबार, ०५ जेठ २०८१, १२ : २८
शनिबार, ०५ जेठ २०८१

काठमाडौँ । शनिबार बिहान ११ बजे माइतीघर मण्डला छेउ आन्दोलन हुने गरेको सडकमा रोचक दृश्य देखियो । सडकको छेउमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको फोटो सहित आफ्ना मागहरू राखिएको ब्यानर टाँगिएको थियो । सडकमा भने सिरानीसहितको एउटा ओछ्यान थियो । ब्यानरमा अनसन बसेको ब्यहोरा राखिए पनि को व्यक्ति वा संस्थाबाट आन्दोलन गरिएको भन्ने केही खुलाइएको थिएन । 

road bed

अझ रोचक त सडकमा राखिएको सो ओछ्यानको २ जना प्रहरी जवानले सुरक्षा दिइरहेका थिए । अघिल्ला दिनमा कहिलेकाहीँ एकजना मान्छे आएर सडकको सो ओछ्यानमा सुत्ने गरेको देखिए पनि शनिवार भने कोही नआएको सुरक्षामा खटिएका एक प्रहरी जवानले बताए । 

road bed2

लामिछाने गृहमन्त्रीमा नियुक्त भएको भोलिपल्ट देखिनै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उनीविरुद्ध सहकारी ठगीको आक्षेप लगाउँदै प्रतिनिधि सभा बैठकमा आफ्ना भनाई राख्न बोल्न समेत दिएको छैन । उनीमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग चर्काउँदै संसदमा आन्दोलन चर्किरहेका बेला माइतीघरमा यस्तो दृश्य देखिएको हो । 

लामिछाने गृहमन्त्री हुनुभन्दा पहिले माइतीघर, बानेश्वर लगायतका क्षेत्रमा निषेधाज्ञा जारी थियो । मन्त्री भएको केही समयपछि उनले माइतीघरको निषेधाज्ञा हटाएको भोलिपल्ट देखि नै माइतीघरमा विभिन्न खाल] विरोध प्रदर्शनका कार्यक्रम हुँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप